प्रतिनिधिसभामा प्रस्तुत हुँदै नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक
वि.सं.२०८३ जेठ २५ सोमवार १३:०२
shares

काठमाडौं, २५ जेठ । राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
यसभन्दा अगाडि सभामा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउनेछन् । त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसागै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ । अर्थमन्त्री डा. वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । लगत्तै सभामा अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक लाई प्रस्तुत गर्ने कार्यसूची छ । आज नै अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन् ।
















