Dhulikhel Eco Banner new

धरानको फोहोर प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण

7.54K
shares

काठमाडौं, २२ असार । धरान सरोकार समाज काठमाडौँले धरान–६ पानवारीस्थित फोहोर प्रशोधन केन्द्र भेन्चर वेस्ट टु ईनजी प्रालि परिसरमा वृक्षारोपण गरेको छ । वातवरणीय अनुकुलताका लागि समाजले मंगलबार विभिन्न औषधीय गुण भएका विरुवा रोपेको हो ।

समाजका अध्यक्ष प्रभु श्रेष्ठका अनुसार जामुल, निम, बेल, सरिफा, अर्जुन, रिठ्ठा, वटर व्रुस, तितरी, शिरिसलगायतका ५० थान विरुवा रोपिएको छ । उक्त विरुवा जिल्ला वन कार्यालय सुनसरीले उपलब्ध गराएको थियो

वृक्षारोपण कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, सदस्यहरु सम्राट श्रेष्ठ, दिपक बनेपाली, युएन वमनकी परामर्शदाता तथा महिला अधिकारकर्मी सरु श्रेष्ठ जोशी,सुप्रिया माझी र लायन्स कल्ब धरान(पन्चकन्याका अध्यक्ष एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

भेन्चर वेस्ट टु ईनजी प्रालिले धरान उपमहानगरबाट निस्किएको फोहोरलाई प्रशोधन गरेर ग्यास तथा मल उत्पादन गदैं आएको छ । २० बर्ष पछि धरान उपमहानगरलाई हस्तान्तरण गर्ने गरि कम्पनिले फोहोरबाट ग्यास र मल उत्पादन गदैं आएको छ । सो क्षेत्रको वातवरण स्वच्छ र सफा राख्न समाजले वृक्षारोपण गरेको हो ।