Dhulikhel Eco Banner new

अर्थसचिव नै स्वार्थ समूहबाट परिचालित, मन्त्रीको बद्नाम गराउन फुटेज डिलिट भएको चिठी

14.85K
shares

काठमाडौं, २२ असार । अर्थमन्त्रालयका सीसीटीभि फुटेज डिलिट भएको चिठ्ठी पठाएको विषयमा अर्थसचिवको बदमासि देखिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सीसीटीभि फुटेज हेर्न पाउनु पर्ने आवाज उठेपछि मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो ।

यो विषयमा अर्थसचिव मधुकुमार मरासिनीको बदमासी देखिएको अर्थमन्त्राल एक अधिकारी बताए । फुटेज डिलिट भएको भनेर अर्थ सचिव मधुकुमार मरासिनीले चिठी लेख्न लगाएका थिए । आफू विवादमा पर्ने भएपछि अर्थ सचिव अहिले बिदामा बसेका छन् ।

‘फुटेज डिलिट पनि सचिवले नै गर्नु भएको हुनसक्छ’ मन्त्रालयका अधिकारीले भने,’ आफ्नो गल्ती लुकाउन सचिव बिदामा बस्नु भएको छ ।’ स्वार्थ समूहकाे चंगाेलमा परेर मरासिनी अर्थ सचिवकाे बद्नाम गराउन हात धाेएर लागि परेका छन् ।

अहिले राजश्व सचिव भने युरोप पुगेका छन् । उनी मन्त्रालयको प्रतिनिधित्व गर्दै युरोप पुगेका हुन् ।