Dhulikhel Eco Banner new

आजको मौसम : हिमाल–पहाडमा बादल र वर्षाको सम्भावना, तराई सफा

975
shares

जल तथा मौसम विज्ञान विभागका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा र पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ।

तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। तथापि लुम्बिनी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती पनि हिमाली र पहाडी भूभागमा बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्छ भने कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।