Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?

728
shares

काठमाडौं, ८ असार । स्थानीय बजारमा सोमवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य १ हजार ४ सयले बढेको छ।

महासंघका अनुसार आईतवार प्रतितोला २ लाख ८७ हजार ३ सयमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला २ लाख ८८ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । आईतवार प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कायम भएको चाँदी सोमवार ४ हजार ७ सय ३० रुपैयाँमा कायम भएको हो ।