नबिल बैंकको संस्थापक शेयर बिक्रिमा
वि.सं.२०८३ असार ९ मंगलवार १०:५९
shares

काठमाडौ, ९ असार । नबिल बैंकको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ३ लाख ८९ हजार २५१ कित्ताकित्ता संस्थापक शेयर एकमुष्ट बिक्रीमा आएको छ ।
बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरवारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा यस सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ।
उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो शेयरहरू अन्य व्यक्ति÷संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराएको छ।

















