सुनको मुल्य घट्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार ९ मंगलवार ११:०३
1K
shares
shares

काठमाडौं, ९ असार । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य १ हजार ६ सयले घटेको छ।
महासंघका अनुसार सोमवार प्रतितोला २ लाख ८८ हजार ७ सयमा कारोबार भएको सुन मंगलवार घटेर प्रतितोला २ लाख ८७ हजार १ सयमा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य १ सय ४० रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ५ सय ९० रुपैयाँमा कायम भएको हो ।

















