Dhulikhel Eco Banner new

रिलायन्सको रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान

1.07K
shares

काठमाडौं, ९ असार । रिलायन्स फाइनान्सले, धादिङबेसी शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले “रक्तदान–जीवनदान“ भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधक सहयोगमा भएको यस कार्यक्रममा ७६ जना रक्तदाताहरूले अमूल्य रक्तदान गरी जीवन बचाउने यस मानवीय कार्यमा योगदान पुर्‍याएका छन् । कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू, रक्तदाताहरूको बाक्लो सहभागिता रहेको थियो ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यस अघि पनि पोखरा शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो जसमा ६२ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । समाजको हितका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परोपकारी कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउदै चाडै कर्णाली प्रदेश, सुर्खेतमा नयाँ शाखा खोल्ने जानकारी फाईनान्सले गराएको छ ।