माउन्ट एभरेष्ट पावरको आईपीओमा २२ गुणा बढी आवेदन
वि.सं.२०८३ असार ९ मंगलवार १४:४१
shares

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको अन्तिम चरणको आईपीओ खरिदका लागि मागभन्दा २२ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म थप सर्वसाधारणमा १४ लाख २७ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)का अनुसार अन्तिम दिनसम्म २८ लाख ९५ हजार ७९४ जनाबाट ३ करोड १४ लाख ४६ हजार २८० कित्ता शेयर खरीद माग भएको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ १ लाख ४२ हजार ७६० जना आवेदकहरुले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासनपछि बाँडफाँट समेत गरिसकेको छ ।
यस कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।















