Dhulikhel Eco Banner new

रास्वपा महाधिवेशन बिचमै छाडेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह

1.82K
shares

काठमाडौं, १० असार । प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर आज (बुधबार) बिहान आफ्नो टोलीसहित काठमाडौँ फर्किएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेनको टिम भने बिहान ११ बजेतिर चितवनबाट बुद्ध एयर चढेर काठमाडौँ प्रस्थान गरेको हो।

चितवनको भरतपुरमा महाधिवेशन उद्घाटन गर्न गत आइतबार (असार ७ गते) पत्नी र छोरीसमेत लिएर यहाँ आएका उनी मंगलबार रवि ला+मिछानेलाई सभापति पदमा दोहोर्‍याउन प्रस्तावक बसेका थिए। सभापति पदमा अरू कसैले उम्मेदवारी नदिएपछि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।