Dhulikhel Eco Banner new

दोहारो अंकले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

1.05K
shares

काठमाडौं, १० असार । बुधवार शेयर बजार दोहारो अंकले घटेको छ । शेयर बजार १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सोपान फार्मास्यूटिकल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले गुमाएका छन् ।