दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार १० बुधवार १५:१२
shares

काठमाडौं, १० असार । बुधवार शेयर बजार दोहारो अंकले घटेको छ । शेयर बजार १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४१ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.६९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले कमाएका छन् ।


















