Dhulikhel Eco Banner new

स्नो रिभर्स नेप्सेमा सूचीकृत, शुक्रवारदेखि शेयर कारोबार हुने

1.03K
shares

काठमाडौं, ११ असार । स्नो रिभर्स लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता शेयरसमेत नेप्सेमा सूचीकृत भएको हो ।

कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७५ लाख कित्ता र सर्वसाधारणतर्फ १८ लाख ७५ हजार कित्ता रहेको छ । असार ४ गतेको निर्णयअनुसार नेप्सेले असार ११ गते कम्पनीको शेयर सूचीकरण गराएको हो । यी शेयर असार १२ गतेदेखि कारोबारयोग्य हुनेछन् ।

एसएनओआरएल स्टक संकेतबाट सूचीकृत यस कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले तोकेको यही मूल्य रेञ्जको आधारमा शुक्रवार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए नियमित सेसनमा कारोबार अघि बढ्नेछ ।

यस कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ दरका १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

सर्वसाधारणतर्फको वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणमा जारी भएको शेयर मात्र शुक्रवारदेखि कारोबारयोग्य हुनेछन् । यीबाहेक सामूहिक लगानीकोषको स्वामित्वको शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मिति ९जेठ १२ गते०देखि ६ महीनाका लागि र कर्मचारी, आयोजना प्रभावित स्थानीयसँगै संस्थापकको स्वामित्वको शेयर तीन वर्षका लागि लकइनमा रहनेछन् ।

यस कम्पनीले ताप्लेजुङ्ग जिल्लामा १३ दशमलव ५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०८१ पुस ५ गतेदेखि व्यापारिक उत्पादन शुरु भएको यस आयोजना निर्माणको कुल लागत २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी छ ।