सुनको मुल्य बढ्यो , हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार १२ शुक्रवार ११:१०
shares

काठमाडौं, १२ असार । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ८ सयले बढेको छ।
महासंघका अनुसार विहिवार प्रतितोला २ लाख ७८ हजार ३ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ७९ हजार १ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । विहिवार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ४ हजार १ सय ८० रुपैयाँमा कायम भएको हो ।



















