Dhulikhel Eco Banner new

आइएमई जनरल इन्स्योरेन्सको सिईओमा पुनः श्रेष्ठ नियुक्त

5.07K
shares

काठमाडौं, २३ असार । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा झण्डै साढे दुई दशकदेखि क्रियाशील श्रेष्ठले समस्यामा रहेको एनबी इन्स्योरेन्सलाई सुधार गर्दै सबल अवस्थामा पुर्याउन सफल भएका छन् ।

बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी संचालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो । उनको कार्यकाल थप चार बर्ष रह्नेछ ।