Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

5.43K
shares

काठमाडौं, २३ असार । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार २२ गते बुधवार बाँडफाँट भएको छ ।
कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँट गरेको हो ।

कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता रू. १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।