Dhulikhel Eco Banner new

शेयर कारोबारमा थप १ प्रतिशत शुल्क लिने प्रस्ताव हटाइने

1K
shares

काठमाडौं, १५ असार । शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाइने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको हो ।

छलफलका लागि सार्वजनिक गरिएको कम्पनी ऐनको मस्यौदामा उल्लेख उक्त व्यवस्थाको चर्को विरोधपछि मन्त्रालयले सो प्रस्ताव नै हटाउने भएको हो ।मस्यौदा ऐनको दफा ८९ अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्ने प्रस्ताव मस्यौदामा छ ।