Dhulikhel Eco Banner new

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोली अन्तिम म्याद

4.64K
shares

काठमाडौं, २३ असार । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।

कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई रू. १०० अंकित मूल्यको ३ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओे बन्द मिति छिटोमा असार १६ गते रहेकोमा सो अवधिमा माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समय अवधि थप गरेको हो ।

कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि असार २४ गतेसम्म समय थप गरेको हो । यस आधारमा शुक्रवार कार्यालयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त शेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले उक्त कम्पनीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

उक्त आईपीओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।