Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

780
shares

काठमाडौं, २३ असार । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४० करोड कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०का लगानीकर्ताले ७.९९ प्रतिशतका दरले गुमाएका छन् भने स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले ५.१३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कुमारी सबल योजनाका लगानीकर्ताले ४.८६ प्रतिशतका दरले गुमाएका छन् भने १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।