Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

871
shares

काठमाडौं, २४ असार । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ८२ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.६९ प्रतिशतका दरले गुमाएका छन् भने सानिगाड हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०का लगानीकर्ताले ५.८५ प्रतिशतका दरले गुमाएका छन् ।