Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ८२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

884
shares

काठमाडौं, २४ असार । शेयर बजारमा ४ अर्ब ८२ करोड कारोबार हुँदा केबीएल डिबेन्चरको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ६२ करोड ३९ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनसीसी डिबेन्न्चर १०८६, ८.५ प्रतिशतको ४३ करोड ६० लाख रुपैयाँ कारोबार हुँदा ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७को २१ करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको १३ करोड ३७ लाख रुपैयाँको कारोबार हुदा १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०को १० करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ ।