Dhulikhel Eco Banner new

आँधीखोला र सिवाईसी लघुवित्तको कारोबार रोक्का

4.8K
shares

काठमाडौं, २३ असार । आधीखोला लघुवित्त र सिवाईसी लघुवित्तको कारोबार रोक्का भएको छ । स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको सिवाईसी लघुवित्त मर्जरमा जाने भए पछि कारोबार रोक्का भएको हो ।

दुई लघुवित्तबीच बुधबार मर्जर सम्झौतामा हस्ताक्षर समेत भएको छ । प्रारम्भिक सहमति अनुसार सिवाईसी नेपाल लघुवित्तको १०० बराबर र आँधीखोला लघुवित्तको ७० कित्ता शेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ ।

हाल आँधीखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ । धौलागिरी लघुवित्तसँगको मर्जर भाँडिएपछि आँधिखोला लघुवित्तले नयाँ सहयात्री खोजिरहेको थियो ।