सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असार ३० मंगलवार ११:००
1.16K
shares
shares

काठमाडौं, ३० असार । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार २ सयले घटेको छ।
महासंघका अनुसार सुन सोमवार प्रतितोला २ लाख ८५ हजार २ सयमा कारोबार भएको सुन मंगलबार घटेर प्रतितोला २ लाख ८४ हजार मा कायम भएको छ ।
त्यसैगरी, मंगलवार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । सोमवार ४ हजार ३ सय ७५ मा कायम भएको चाँदी घटेर मंगलवार ४ हजार ३ सय ६० रुपैयाँमा कायम भएको हो ।



















