Dhulikhel Eco Banner new

दक्षिण एसियामा एआई–सञ्चालित ‘भिल’ को औपचारिक सुरुवात

520
shares

काठमाडौँ, १ साउन । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्मले ‘भिल’ आज नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको घोषणा गरेको छ। यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममार्फत जोड्ने नयाँ अध्यायको सुरुवात गरेको छ।

‘भिल’ले व्यवसाय र क्रिएटर बीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ। यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिट तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन्।

साथै, नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर प्राप्त गर्नेछन्।को औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, क्रिएटर, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले को दक्षिण एसियाली यात्राको सुरुवातलाई थप विशेष बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ‘भिल’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० दिलीप ढकालले भन्नुभयो, ूनेपाल र भारतमा ‘भिल’ को औपचारिक शुभारम्भ दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता पनि हो। यो क्षेत्र लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूको घर हो, जसले विश्व स्तरीय प्रविधिमार्फत सहकार्य गर्न, सँगै विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ।

‘भिल’ मार्फत हामी यिनै सम्भावनालाई जोड्ने पूर्वाधार निर्माण गर्दै छौँ, जसले क्रिएटरहरूलाई दिगो करियर निर्माण गर्न र व्यवसायहरूलाई प्रामाणिक कन्टेन्टमार्फत आफ्नो विकासलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्नेछ।

कार्यक्रममा नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोम तथा नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत, ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्ध साझेदार तथा प्रबन्ध निर्देशक डा. मनीष थापा सम्माननीय प्रमुख अतिथिका रूपमा सहभागी हुने।

यस अवसरमा कार्यवाहक प्रमुख स्कट उर्बोमले भन्नुभयो, ूसंयुक्त राज्य अमेरिका आफ्नो स्वतन्त्रताको २५०औँ वर्षगाँठ मनाइरहेका बेला हामी उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता ९एआई० र प्रविधिगत नवप्रवर्तनमा अमेरिकालाई विश्व अग्रणी बनाएको स्वतन्त्रता र सृजनशीलताको भावनालाई पनि सम्मान गरिरहेका छन।

अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभालाई एकै ठाउँमा जोड्दै नयाँ अवसर सिर्जना गर्ने, व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने तथा साझा समृद्धिलाई अघि बढाउने यही भावनाको उत्कृष्ट उदाहरण हो।

नेपाल र भारतमा भएको यो औपचारिक शुभारम्भका ‘भिल’ लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो। अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गरिसकेको कम्पनीका लागि दक्षिण एसियाली बजारलाई लक्षित गर्दै गरिएको यो पहिलो औपचारिक विस्तार हो। नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापितएक एआई–सञ्चालित भिडियो मार्केटिङ प्लेटफर्म हो,

जसले ब्रान्ड र क्रिएटरलाई एउटै स्मार्ट कार्य प्रवाह मार्फत जोड्छ। इमेल, मेसेजिङ एप, स्प्रेडसिट, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने परम्परागत प्रक्रियाको सट्टाले सम्पूर्ण क्रिएटर अभियान व्यवस्थापन एउटै प्लेटफर्ममा सम्भव बनाएको छ।

व्यवसायहरूले आफ्ना उत्पादन, लक्षित ग्राहक र आवश्यक कन्टेन्टबारे अभियान विवरण तयार गर्छन्। त्यसपछि क्रिएटरहरूले अभियानमा आवेदन दिन सक्छन् वा को एआई–आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन्छन्।

छनोट भएका क्रिएटरहरूले प्लेटफर्ममै उपलब्ध भिडियो सम्पादन उपकरण र लाइसेन्स प्राप्त सङ्गीत प्रयोग गरी कन्टेन्ट तयार गर्छन्। त्यसपछि ब्रान्डले कन्टेन्टको समीक्षा गर्ने, आवश्यक परिमार्जन सुझाव दिने, अन्तिम स्वीकृति प्रदान गर्ने र स्वीकृतिपछि भुक्तानी वालेट मार्फत स्वचालित रूपमा सम्पन्न हुने व्यवस्था रहेको छ। कन्टेन्टको लाइसेन्स तथा प्रयोग अधिकार पनि यही प्लेटफर्ममार्फत सुरक्षित रूपमा व्यवस्थापन गरिन्छ।

हाल मार्फत विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर तथा १२१ भन्दा बढी देश जोडिएका छन्। नेपाल र भारतका व्यवसायहरूले वेबसाइट तथा क्रिएटरहरूले को एपमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

भिल ले नेपालमा भुक्तानी प्रक्रियाका लागि एनसीएचएल, फोनपे, ईसेवा, खल्ती र हाम्रो पे सँग भुक्तानी साझेदार गरेको छ। नेपालमा व्यवसायहरूका लागि भिल मार्फत, क्रिएटरका लागि हाम्रो पेमार्फत, र व्यवसाय र क्रिएटर दुवैका लागि भनेफोनपे, ईसेवा र खल्तीमार्फत स्थानीय भुक्तानी सुविधा उपलब्ध हुने छ। यो साझेदारी नेपालको क्रिएटर अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउँदै भविष्य निर्माण गर्ने दिशामा अर्को महत्त्वपूर्ण पहल हो।