Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा

546
shares

काठमाडौं, २४ साउन। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ।

बैंकले साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो। यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्म अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंकको साउन २२ गते शुक्रबार बसेको सञ्चालक समितिको ४१९औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

गत आर्थिक वर्षमा बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।