एकैदिन तोलामा ४ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन २४ आइतवार ११:००
858
shares
shares

काठमाडौं, २४ साउन । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ४ हजार ८ सयले बढेको छ।
महासंघका अनुसार सुन शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९सयमा कारोबार भएको सुन आइतबार बढेर प्रतितोला ३ लाख १ हजार ७ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ५ सय ८० मा कायम भएको चाँदी बढेर आइतबार ४ हजार ६ सय ४५ मा कायम भएको हो ।















