Dhulikhel Eco Banner new

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान

429
shares

काठमाडौं, २६ साउन  । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट अभिकर्ताहरूको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा MDRT हासिल गरेका अभिकर्ता, मेगा स्टार तथा सिनियर एजेन्सी म्यानेजरहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रममा प्रा.डा. भगवान कोइराला र डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकाससम्बन्धी उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सीईओले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ताहरू रहेको बताउँदै उनीहरूको मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे। उनले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

कार्यक्रममा व्यवसाय विस्तार, आगामी रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल हुनुका साथै अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान र सफलताको यात्राबारे अन्तरक्रिया गरिएको थियो।

कम्पनीले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा र व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।