Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

741
shares

काठमाडौं, २७ साउन । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५३ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका छन् भने महिला लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ४.७४ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ४.१५ प्रतिशतका दरले गुमाएका छन् ।