शेयर बजारमा ३ अर्ब ५३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन २७ बुधवार १५:२६
312
shares
shares

काठमाडौं, २७ साउन । शेयर बजारमा ३ अर्ब ५३ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३१ करोड ६० लाखको कारोबार भएको हो ।
यसदिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको २२ करोड ४८ लाखको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको २२ करोडको कारोबार भएको छ ।
त्यसैगरि खानीखोला जलविद्युत कम्पनी लिमिटेडको १० करोड ९९ लाखको कारोबार हुँदा ङादी ग्रुप पावर लिमिटेडको १० करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।















