Dhulikhel Eco Banner new

प्रभु बैंकका ग्राहकलाई ससः त्वामा १५प्रतिशत सम्म छुट

494
shares

काठमाडौं, २९ साउन । कीर्तिपुर नगरपालिका–३, सागलस्थित ससः त्वा हस्पिटालिटी प्रा।लि। र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

२०८३ साउन २८ गते भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा ससः त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ससः त्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म विशेष छुट पाउनेछन्। छुट प्राप्त गर्न ग्राहक तथा कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ।

प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले गुणस्तरीय सेवा विस्तार गर्दै आएको जनाएको छ।