एकैदिन तोलामा ४ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ साउन २९ शुक्रवार ११:०७
858
shares
shares

काठमाडौं, २९ साउन । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ४ हजार ६ सयले घटेको छ।
महासंघका अनुसार सुन बिहिबार प्रतितोला ३ लाख ६ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ३ लाख १ हजार ६ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ । बिहिबार ४ हजार ७ सय ५ मा कायम भएको चाँदी बढेर शुक्रबार ४ हजार ६ सय ७ मा कायम भएको हो ।
















