Dhulikhel Eco Banner new

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको डिजिटल भुक्तानी जोडियो

559
shares

काठमाडौं, २९ साउन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ।

बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत योग्य कारोबार गर्दा उक्त कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको छ। यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा बिल अपलोड गर्नुपर्ने छैन। साथै, ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्ने बैंकले जनाएको छ।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।

बैंकले ग्राहकलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, विद्युतीय बिल (इ-बिल) लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।