Dhulikhel Eco Banner new

नाइमा एक्स्पोमा चेरि वाङ्गाका ईभीको दबदबा, सयौं बुकिङ

637
shares

काठमाडौं, १ भदौ । काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरि वाङ्गाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको विशेष आकर्षण देखिएको छ। एक्स्पोमा चेरि वाङ्गाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौंको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ।

‘मेहनती हातको विश्वसनीय साथी’ भन्ने नारासहित एक्स्पो अवधिभर चेरि वाङ्गाले आफ्ना ग्राहकका लागि बिना धितो हायर पर्चेज सुविधा उपलब्ध गराएको थियो। विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई यस सुविधाले थप सहज बनाएको कम्पनीको भनाइ छ।

चेरि वाङ्गाका विद्युतीय सवारी मिनेट्रक, स्कुल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त मानिन्छन्। एक्स्पोमा मिनेट्रकका सञ्चालकहरूले ११ र १२ सिटर गाडीप्रति विशेष रुचि देखाएका थिए। त्यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीहरूले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ।

नाइमा एक्स्पोको स्टल नम्बर १६, हल ‘डी’ मा चेरि वाङ्गाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनीमा राखिएका थिए। एक्स्पोमा कुन मोडलमा कति बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ तथा ग्राहकको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ।

एक्स्पोमा चेरि वाङ्गाको स्टलमा उपस्थित भई सवारीसाधन अवलोकन, जानकारी तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकप्रति चेरि वाङ्गाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दा विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।