Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

260
shares

काठमाडौं, १ भदौ  । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई विभिन्न संस्था तथा व्यवसायका सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ।

बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्टलगायत क्षेत्रका संस्थासँग सम्झौता गर्दै ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरेको जनाएको छ। सम्झौतापछि बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सम्बन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार मनकामना हिलक्रेस्ट होटल, चितवनमा आवास तथा रेस्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म, प्लेफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र प्लाजा हात्तीमा उपहार सामग्री बिक्री सेवामा १० प्रतिशतसम्म छुट पाइनेछ।

त्यस्तै, अल्फा केयर डायग्नोस्टिक सेन्टर, काठमाडौंमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा र दृष्टि आई केयर, काठमाडौंमा नाक, कान, घाँटी तथा आँखा उपचार एवं प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

ओरियन्ट क्याफे, दरबारमार्गमा खाना तथा पेय पदार्थ र होटल स्मारक, हेटौंडामा आवास तथा खाना–पेय पदार्थ सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।बैंकले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न व्यवसायिक तथा स्वास्थ्य सेवामा समेत थप लाभ दिलाउने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ।

यसैबीच, बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याइएको हो