सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ १ सोमवार १५:०९
shares

काठमाडौँ, १ भदौ । सोमवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ । २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५२ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले ११.१७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ११.०६ प्रतिशतका दरले कमाएका छन् भने विकास जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले कमाएका छन् ।














