सामान्य अकंले घट्यो शेयर बजार, कारोबार रकम बढ्यो
वि.सं.२०८३ भदौ १ सोमवार १५:०४
shares

काठमाडौँ, १ भदौ । सोमवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार २.२५ अंकले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ । २०१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ५२ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका छन् ।















