दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ भदौ २ मंगलवार १५:०३
shares

काठमाडौँ, २ भदौ । मंगलवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ । २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।
















