Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

273
shares

काठमाडौँ, २ भदौ । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ । २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् भने १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८५का लगानीकर्ताले ३.३२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नेपाल ल्युब आयल लिमिटेडका लगानीकर्ताले २.९७ प्रतिशतका दरले कमाएका छन् भने ७ प्रतिशत एनआईसी एसिया डिबेन्चर २०९१का लगानीकर्ताले २.९१ प्रतिशतका दरले कमाएका छन् ।