Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

403
shares

काठमाडौँ, २ भदौ । मंगलवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५७ कम्पनीको शेयर मूल्य बढेको छ । २१७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ६.१६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन् ।