Dhulikhel Eco Banner new

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात, ५०० किलो पठाइयो

481
shares

काठमाडौँ, ५ भदौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घ्यू दुबई निर्यात सुरु गरेको छ। दुबईमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै डीडीसीले शुक्रबारदेखि घ्यू निर्यात थालेको हो।

डीडीसीले पहिलोपटक ५ सय किलो घ्यू जहाजमार्फत दुबई पठाएको छ। दुबईमा घ्यू निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले बताएका छन् ।