Dhulikhel Eco Banner new

दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

351
shares

काठमाडौँ, ८ भदौ । सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । २२९ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब २३ करोड कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका छन् ।