Dhulikhel Eco Banner new

नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक

377
shares

काठमाडौं, ११ भदौ। काठमाडौंको भुकटीमण्डपमा मंगलबार देखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ ।

कम्पनीले (बिवाइडी सेलिएन)लाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पनि सार्वजनिक गरेको हो ।

कम्पनीका प्रतिनिधि अंकीत दाहालले सीलायन ७ मा मुख्य रूपमा मोटर पावरमा ठूलो सुधार गरिएको बताएका छन । उनले यसअघि १०० किलोवाटको मोटर रहेकोमा नयाँ संस्करणमा १७० किलोवाटको मोटर प्रयोग गरिएको जानकारी दिए ।

उनले भने, ‘तीनवटा एकदमै एक्साइटिङ प्रोडक्टहरू अनभिल गरेका छौँ । सो सुरुमा कुरा गर्नु पर्दाखेरि हाम्रो यो बिवाइडी सीलायन ७ को विषयमा कुरा गरौँ । बिवाइडी सीलायन ७ हामीले नेप्लिज मार्केटमा पहिला पनि इन्ट्रोड्युस गरेका थियौँ, पहिला पनि लन्च गरेका थियौँ र अहिले यसलाई अलिकति रिभाइभ गरेर, हामीले अपग्रेड्सहरू गरेर फेरि रिलन्च गरेका छौँ । यसमा मोटर पावरको एकदमै अपग्रेड भएको छ । पहिला १०० किलोवाटको मोटर आउँथ्यो भने अहिले १७० किलोवाटको मोटर आउने हुन्छ ।’

यसको नाडा अटो शोका लागि तोकिएको प्रारम्भिक मूल्य ९२ लाख ९९ हजार रुपैयाँ रहेको जानकारी दिए । उनले यो मूल्य सीमित अवधिका लागि मात्र लागू हुने जानकारी दिए ।

उनले भने, ‘यसको भित्रपट्टिको फिचर्सहरूमा पनि धेरै कुराहरू एड भएको छ । यसको अहिले इन्ट्रोडक्टरी नाडा प्राइज भनेको हामीले ९२ लाख ९९ हजारमा इन्ट्रोड्युस गरेका छौँ । यो अफर भनेको हजुरको एकदमै लिमिटेड टाइमको लागि मात्रै छ ।’

दाहालले बिवाइडीले एटी २ को सपेरियर भेरियन्ट पनि सार्वजनिक गरेको बताए । उनका अनुसार केही दिनअघि आयोजित नाइमा माृबिलीटी एक्स्पोमा एटी २ को इसेन्सीयल भेरियन्ट सार्वजनिक गरिएको थियो । नयाँ सुपेरियर भेरियन्टमा प्यानोरामिक ग्लास टप तथा सनरुफजस्ता थप प्रिमियम फिचर्स उपलब्ध छन् । उनले यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको उनले बताए ।

उनले एटी २ को मुख्य आकर्षण यसको उच्च ग्राउन्ड क्लियरेन्स र च्यासिस संरचना रहेको उल्लेख गरे । उनले बीवाइडीकोल सेल टु बडी प्रविधि प्रयोग भएकाले नेपाली बजारमा एक दमौ लोकप्रिय बनेको बताए ।

यस्तै उनले बिवाइडीले आफ्नो नयाँ सार्क ६ लाई पनि नेपाली बजारमा सार्वजनिक गरेको बताए । उनका अनुसार अन्य बिवाइडी मोडलहरूभन्दा फरक सार्क प्लग इन हाइब्रीड भेहिकल प्रविधिमा आधारित छ । यसमा ठूलो ब्याट्री, विद्युतीय मोटर र बिवाइडीको १.५ लिटर टर्बो इन्जिनको संयोजन रहेको छ ।

सार्क ६ लाई विशेषगरी अफरोड क्षमताका लागि लक्षित गरिएको उनले बताए । उनका अनुसार यसबो यो प्लेटफर्म मा आधारित छ भने यसमा लेडर फ्रम च्यासिस प्रयोग गरिएको छ । १.५ लिटर इन्जिन, विद्युतीय मोटर र डीएमओ प्लेटफर्मको संयोजनले उच्च टर्क तथा उकालोमा राम्रो तान्ने क्षमता प्रदान गर्ने उनले बताए । सार्क ६ को अधिकतम टर्क ६५० एनएम रहेको बताइएको जानकारी दिए ।

उनले भने, ‘बेसिकली बिवाइडी सार्क ६ भनेको अफरोडको लागि एकदमै राम्रो गाडी छ । अफरोडिङ क्यापेबिलिटी भएको र त्यसको प्ल्याटफर्मको विषयमा कुरा गर्नु पर्दाखेरि डिएमओ प्ल्याटफर्म भन्छौँ, डुअल मोड अफरोडिङ प्ल्याटफर्म । त्यसको च्यासिजको स्ट्रक्चरको कुरा गर्नु पर्दा ल्याडर फ्रेम च्यासिज छ। सो ल्याडर फ्रेम च्यासिज, डिएमओ प्ल्याटफर्म ब्याक्ड बाइ बीवाइडीको जायोन १.५ इन्जिनले गर्दाखेरि त्यसको हजुरको उकालोमा तान्ने क्षमता, टर्क पनि एकदमै राम्रो छ । ओभरअल टर्क हजुरको म्याक्सिमम आउटपुट ६५० एनएमको टर्क छ ।’

उनले पिएचइभी प्रविधिको मुख्य विशेषता भनेको एउटै सवारीसाधनबाट विद्युतीय, इन्धन र हाइब्रिड ड्राइभिङको सुविधा हुने बताए । उनका अनुसार सार्क ६ लाई चार्ज गरेर मात्र चलाउँदा पनि १०० किलोमिटरभन्दा बढी वास्तविक डब्लु एलटिपी रेन्ज प्राप्त गर्न सकिन्छ । विद्युत् सुविधा सीमित भएका दुर्गम क्षेत्रमा भने इन्धन प्रयोग गरेर पनि सवारी सञ्चालन गर्न सकिन्छ ।

उनले दैनिक तथा लामो दूरीको यात्रामा हाइब्रिड मोडमार्फत इन्जिन, ब्याट्री र मोटरलाई प्रभावकारी रूपमा प्रयोग गर्न सकिने जानकारी दिए ।

उनका अनुसार नाडा अटो शोमा तीनवटै उत्पादन सार्वजनिक गरेपछि ग्राहकको प्रतिक्रिया उत्साहजनक आएको छ ।