सामान्य अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ ११ बिहीवार १५:०९
shares

काठमाडौँ, ११ भदौ । बिहीवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४६ कम्पनीको शेयर मूल्य बढेको छ । ११८ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७८ करोड कारोबार भएको हो ।
सामान्य अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले कमाएका छन् भने पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले ४.५३ प्रतिशतका दरले कमाएका छन् ।
















