Dhulikhel Eco Banner new

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने

780
shares

काठमाडौँ, ११ भदौ । सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि उक्त व्यवस्था गरेको हो। राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न चाहनेका लागि कारोबार सीमा लागू नहुने भन्दै सर्कुलर जारी गरेको हो।

हाल मोबाइल बैंकिङबाट दैनिक तीन लाख तथा इन्टरनेट बैंकिङबाट दैनिक २० लाखसम्म भुक्तानी गर्न मिल्छ।