प्रधानमन्त्री राहत कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग
वि.सं.२०८३ भदौ १२ शुक्रवार ११:५८
shares

काठमाडौं,१२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ ।
बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सो रकम सहयोग गरेको हो ।
साथै, बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू.३ करोड १ लाखकोे चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेका छन् ।


















