Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट

377
shares

काठमाडौं, १९ असोज । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको बताए ।