Dhulikhel Eco Banner new

बेनी हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

572
shares

काठमाडौं — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आफ्नो धितोपत्रसम्बन्धी सम्पूर्ण व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार क्यापिटललाई उक्त जिम्मेवारी सुम्पिएको हो।

यस नियुक्तिसँगै अब बेनी हाइड्रोपावरको सेयर अभौतिकीकरण (डिम्याट), नामसारी, प्रमाणपत्र वितरण र सेयरधनीहरूको अभिलेख अद्यावधिक गर्नेलगायतका सम्पूर्ण प्राविधिक काम प्रभु क्यापिटलमार्फत नै हुने कम्पनीले जनाएको छ।

काठमाडौंको कमलादीमा कार्यालय रहेको प्रभु क्यापिटल, प्रभु बैंक लिमिटेडको सहायक कम्पनी हो। हाइड्रोपावरले एक सार्वजनिक सूचना जारी गर्दै आफ्ना सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाहरूलाई अब उप्रान्त सेयरसम्बन्धी सेवाका लागि क्यापिटलमै सम्पर्क गर्न आग्रह गरेको छ।