सामान्य अकंले घट्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज २१ बुधवार १६:२१
shares

काठमाडौं, २१ असोज । बुधबार शेयर बजार दोहोरो अकंले घटेको छ। शेयर बजार ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब ७४ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले घटेको शेयर बजारमा ग्लोबल आइएमई समुन्नत योजना–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका छन् भने मेगा म्युचुअल फन्ड–१ का लगानीकर्ताले ४.३६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ३.६४ प्रतिशतका दरले गुमाएका छन् भने याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतका दरले गुमाएका छन् ।

















