दोहोरो अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज २३ शुक्रवार १५:२२
shares

काठमाडौं, २३ असोज । शुक्रबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ८३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा कुठेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले कमाएका छन् भने सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.०५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि निफ्रा ऊर्जा ऋणपत्र ७% – २०८५/८६ का लगानीकर्ताले ३.८८ प्रतिशतका दरले कमाएका छन् भने सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले कमाएका छन् ।



















