Dhulikhel Eco Banner new

तातोपानी नाका फेरि बन्द, चीनबाट सामान आयातमा अन्योल

572
shares

काठमाडौं, ०९ कार्तिक।  नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानी तीन दिनका लागि मात्र सञ्चालनमा आएपछि पुनः बन्द हुँदा सीमापार व्यापारमा अन्योल बढेको छ। दसैँ–तिहार लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर चीनको न्यालम क्षेत्रमा रोकिएका छन् भने नेपाली व्यवसायीले नाका नियमित सञ्चालन गर्न माग गरेका छन्।

चिनियाँ पक्षले सिन्धुपाल्चोकस्थित तातोपानी नाका कार्तिक १ गते देखि कार्तिक ३ (अक्टोबर १८ देखि २०) सम्म  अस्थायी रूपमा खोलेको थियो। यसअघि भोटेकोशी नदीमा आएको बाढी तथा सीमावर्ती क्षेत्रको जोखिमपछि अगस्ट ३१ देखि नाका बन्द गरिएको थियो। नाका तीन दिनका लागि मात्र खुलेपछि रोकिएका सबै सामान नेपाल भित्र्याउन नसकिएको व्यवसायीको भनाइ छ।

तीन दिनको अवधिमा दसैंलक्षित ५६ कन्टेनर रेडिमेड लत्ताकपडा तथा फलफूललगायत अन्य सामान बोकेका गरी ७२ कन्टेनर नेपाल भित्रिएका थिए । तर, तीन दिनपछि नाका पुनः बन्द हुँदा तातोपानी भन्सार क्षेत्र र आसपासका बजारमा व्यापारिक गतिविधि प्रभावित भएका छन् ।